टाइगर कप भलिबल: आयोजक टोलीले आर्मीलाई सोझो सेटमा हरायो

पाेखरा | माघ १३, २०८१

टाइगर कप भलिबल: आयोजक टोलीले आर्मीलाई सोझो सेटमा हरायो

पोखरा:   एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार बिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।


आयोजक टोलीले आर्मीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–११ र तेस्रो सेट २५–२१ ले पराजित ग¥यो । यसअघि शनिबार खराब प्रकाशका कारण खेल स्थगित भएपछि आइतबार पुनः गराइएको थियो । आयोजक टोलीको नेतृत्व राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले गरेकी छन् । टोलीमा ३ थाइल्यान्डका खेलाडी समावेश गरिएको छ । 


प्रतियोगितामा अब पुरुषतर्फका खेल सुरु हुनेछन् । पुरुषतर्फ पहिलो खेल डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिमबिच खेल जारी छ । 


दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ । तेस्रो खेल शसस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्